दफा
समितिको गठन

(१) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी केन्द्रीय निकायको रूपमा कार्य गर्न अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री विकास समिति नामको एउटा समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति –अध्यक्ष
(ख) मन्त्रालयको सहसचिव –सदस्य
(ग) सहसचिव, गृह मन्त्रालय –सदस्य
(घ) सहसचिव, कानुन तथा न्याय मन्त्रालय –सदस्य।
(ङ) सहसचिव, परराष्ट्र मन्त्रालय –सदस्य
(च) बाल विशेषज्ञको रूपमा काम गरेको व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको एक जना –सदस्य
(छ) प्रतिनिधि, बालबालिकाको निमित्त गैरसरकारी संस्थाहरूको महासंघ, नेपाल –सदस्य
(ज) बालबालिकाको क्षेत्रमा काम गरेको व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना –सदस्य
(झ) मन्त्रालयको उपसचिव (कानुन) –सदस्य–सचिव
(३) मनोनीत सदस्यको पदावधि बढीमा पाँच वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि मनोनीत सदस्यले आफ्नोे पद अनुरूप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।